यमनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ६० पुग्यो, हजारौँ प्रभावित « Khabarhub

यमनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ६० पुग्यो, हजारौँ प्रभावित


३ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दुबई – युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण जुलाईदेखि अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीबाट अन्य १३ जना अझै बेपत्ता भएका र कूल दुई लाख ६८ हजार मानिस प्रभावित भएका छन् ।

राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएले सोमबार जारी गरेको रिपोर्टमा जुलाईपछि अचानक आएको बाढीका कारण होडेडा प्रान्तमा ३६, इब्बमा नौ, मारिबमा आठ र ताइजमा सात जनाको मृत्यु भएको उल्लेख छ ।

“विद्यालय, सडक र स्वास्थ्य सुविधा लगायतका सार्वजनिक पूर्वाधार प्रभावित भएका छन्”, ओसिएचएले भनेको छ । होडेडा र मारिबमा मात्रै बाढीका कारण कम्तीमा छ सय जना घाइते भएका छन् र होडेडा र ताइजमा १३ जना अझै हराइरहेका छन् ।

नोट्रे डम विश्वविद्यालयका ग्लोबल एडप्टेसन इनिसिएटिभले यमनलाई यस क्षेत्रको सबैभन्दा जलवायु–संवेदनशील देशहरू मध्ये एक भएको बताएको छ ।

हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण वर्षाको आवृत्ति र तीव्रतामा वृद्धि भएको अनुभव गरेको रेडक्रस र नर्वेली रेडक्रसको अन्तर्राष्ट्रिय समितिको २०२३ को प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले गत हप्ता यमनको चरम मौसम अवस्थाका लागि आपत्कालीन प्रतिक्रिया मापन गर्न तत्काल चार लाख नौ हजार डलर आवश्यक रहेको चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८१, सोमबार  ९ : ५५ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६