यमनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ६० पुग्यो, हजारौँ प्रभावित | Khabarhub Khabarhub

यमनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ६० पुग्यो, हजारौँ प्रभावित


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दुबई – युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण जुलाईदेखि अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीबाट अन्य १३ जना अझै बेपत्ता भएका र कूल दुई लाख ६८ हजार मानिस प्रभावित भएका छन् ।

राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएले सोमबार जारी गरेको रिपोर्टमा जुलाईपछि अचानक आएको बाढीका कारण होडेडा प्रान्तमा ३६, इब्बमा नौ, मारिबमा आठ र ताइजमा सात जनाको मृत्यु भएको उल्लेख छ ।

“विद्यालय, सडक र स्वास्थ्य सुविधा लगायतका सार्वजनिक पूर्वाधार प्रभावित भएका छन्”, ओसिएचएले भनेको छ । होडेडा र मारिबमा मात्रै बाढीका कारण कम्तीमा छ सय जना घाइते भएका छन् र होडेडा र ताइजमा १३ जना अझै हराइरहेका छन् ।

नोट्रे डम विश्वविद्यालयका ग्लोबल एडप्टेसन इनिसिएटिभले यमनलाई यस क्षेत्रको सबैभन्दा जलवायु–संवेदनशील देशहरू मध्ये एक भएको बताएको छ ।

हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण वर्षाको आवृत्ति र तीव्रतामा वृद्धि भएको अनुभव गरेको रेडक्रस र नर्वेली रेडक्रसको अन्तर्राष्ट्रिय समितिको २०२३ को प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले गत हप्ता यमनको चरम मौसम अवस्थाका लागि आपत्कालीन प्रतिक्रिया मापन गर्न तत्काल चार लाख नौ हजार डलर आवश्यक रहेको चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ९ : ५५ बजे

स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा : मन्त्री पौडेल

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर

आजका समाचार : धरहरा खुल्दै, उपनिर्वाचन मंसिर १६ मा र प्रसाईंलाई पक्राउ पुर्जी

गठबन्धनको न्यूनतम साझा कार्यक्रम कार्यदलले प्रधानमन्त्रीलाई बुझाउँदै नेपाली कांग्रेस र

रविको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, पालिकाको संख्या ५००

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी

संविधानलाई कागजको खोस्टो बनाउँदा नागरिक रिसाए

नेपालको सरकार यतिखेर प्रतिनिधि सभाका दुई ठूला दल नेपाली काङ्ग्रेस

रास्वपाको पहिलो महाधिवेशन आगामी वर्ष वैशाख अन्तिममा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता