सूचनाको हक पाएमात्र लोकतन्त्र पारदर्शी हुन्छ : उपराष्ट्रपति यादव « Khabarhub

सूचनाको हक पाएमात्र लोकतन्त्र पारदर्शी हुन्छ : उपराष्ट्रपति यादव


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहाय यादवले आमनागरिकलाई सूचनाको हक प्राप्त भएमात्र लोकतन्त्र खुला र पारदर्शी हुने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको ‘१८औँ राष्ट्रिय सूचना दिवसको अवसर’मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सूचनाको हक भरपूर प्रयोग गर्ने अभ्यासबाट समाज सुशासित र भ्रष्टाचाररहित हुने बताए ।

सरकारको गतिविधिबारे नागरिकले जान्न पाउने हक सूचनाको हक हो भन्दै उनले कर्मचारी यसप्रति बढी उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

“लोकतान्त्रिक व्यवस्था पारदर्शी र खुला हुनपर्छ । आमनागरिकले सूचना माग्दा कानुनबमोजिम प्रदान गराउने दायित्व कर्मचारीको बढी हुन्छ”, उपराष्ट्रपति यादवले भने, “सूचनाको हकले सरकारी कर्मचारीलाई जवाफदेही बनाउने मात्रै होइन, भ्रष्टाचार र अनियमिततालाई कम गर्न सघाउँछ ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हकलाई फराकिलो र सहज बनाउन नीतिगत परिमार्जन आवश्यक रहेको बताए ।

मन्त्री गुरुङले वर्ष दिनको कार्ययोजना बनाएर पुराना ऐन र नीतिलाई संशोधन गर्न सुरु गरेको जानकारी दिँदै आमसञ्चार विधेयक निर्माणका क्रममा रहेको र मिडिया काउन्सिल ऐन अन्तिम चरणमा पुगेको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ११ : ०१ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण