ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा « Khabarhub

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ। नेपालले दिएको दुई सय २१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो।

नेपाल पराजित भएको खेलमा ओमानविरुद्ध आक्रामक ब्याटिङ र बलिङ गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने। उनले ब्याटिङतर्फ ३५ बलको सामना गर्दा ५ छक्का र तीन चौकाको मद्दतमा ५३ रन जोडे भने बलिङतर्फ ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दा दुई मेडनसहित ४७ रन दिएर ५ विकेट झारेका हुन्। बलिङ र ब्याटिङ दुवैतर्फ आक्रामक देखिएका गुल्सन पराजित खेलको म्यान अफ द म्याच बनेका हुन्।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्डमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ओमानले नेपालले दिएको २२१ रनको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो।

ओपनिङ कमजोर देखिएको नेपालको मध्यक्रम सम्हालिएर पूरै ५० ओभर खेल्दा सम्मानजनक योगफल खडा गरेको थियो। नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले अर्धशतक बनाए। कप्तान पौडेलले ७२ बलको सामना गर्दै चार छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाउँदा गुल्सनले ३५ बलको सामना गर्दा ५३ रन जोडेका थिए।

नेपालका लागि सम्हालिएर खेलेका आरिफ शेखले ८८ बलको सामना गर्दै ३५ रन बनाए। कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल बेन्चमा रहेको खेलमा अर्जुन साउद, आरिफ शेख र अनिल शाहले खेल्ने मौका पाएका थिए।

गुल्सनले पाँच विकेट लिएको खेलमा नेपालका लागि करण केसीले दुई विकेट लिए। सन्दीप लामिछाने र आरिफ शेखले समान एकएक विकेट हात पारे। क्यानडामा जारी सिरिजको यो शृङखलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : ०७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी