आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै « Khabarhub

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ ।

नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

दिवसको अवसरमा नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण भएको छ ।

संविधान दिवसको उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

संविधान दिवसको खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ ।

यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गर्नुभएको छ ।

सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : २१ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले