राष्ट्रपतीय निर्वाचन : आप्रवासी र मजदुरमा प्रभाव बढाउँदै ह्यारिस « Khabarhub

राष्ट्रपतीय निर्वाचन : आप्रवासी र मजदुरमा प्रभाव बढाउँदै ह्यारिस


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवार चुनावी अभियानमा सक्रिय छन्। ५ नोभेम्बरमा हुने चुनावका लागि डोनाल्ड ट्रम्पले न्यूयोर्कको युनियन डालेमा आफ्नो कार्यक्रम आयोजना गरे। यसैगरी उनका विपक्षी उम्मेदवार कमला ह्यारिसले ल्याटिनो मतदातालाई सम्बोधन गर्दै कार्यक्रम गरेकी छन्।

उनले ट्रम्पले ल्याउने आप्रवासी नीतिले आप्रवासीलाई समस्यामा पार्ने कुरामा जोड दिएकी छिन्। साथै प्रजनन अधिकारको प्रसङ्ग उठाएकी छिन्।

दुई मुख्य ब्याटल ग्राउन्ड पेनसेल्भेनिया र मिचिगनको सर्वेक्षणले ह्यारिसलाई बलियो देखाएको छ। यो सर्वेक्षणले उनको ह्वाइट हाउस यात्राको सम्भावना अत्यन्त प्रबल भएको छ। विन्सकन्सिनमा भने कसैको प्रस्ट अग्रता छैन।

अमेरिकाको टिमस्टर्स युनियनका धेरै जना ट्रम्पका समर्थक भएको पाइएको छ। अन्य युनियनमा भने ह्यारिसको उपस्थिति बलियो छ।

पछ्ल्लिो समय कामदार वर्ग प्रस्ट रूपमा कमला ह्यारिसको पक्षमा छन्। अटो वर्कस युनियनका स्वान फेनले ट्रम्प मजदुर विरोधी भएको आशय व्यक्त गरेका छन्।

ह्यारिसको पक्षमा अहिले एमी अवार्ड विजेता लिजा कोलन जायस र ग्रामी अवार्ड विनर एन्थोनी रामोस पनि छन्। उनीहरू ह्यारिसको कार्यक्रममा उपस्थित हुने गरेका छन्। ह्यारिसले स्पेनिस भाषाको रेडियोको सहयोगको प्रतिबद्धताले नयाँ तरङ्ग ल्याएको छ।

मजदुर र अफ्रिकन अमेरिकनपछि ह्यारिसको चासो ल्याटिनो अमेरिकीको पक्षमा छ। अहिले ह्यारिसको साथमा पेनसेल्भेनियामा उपस्थित हुने जायस उत्कृष्ट सह अभिनेत्रीको रूपमा एमी अवार्ड जित्ने पहिलो ल्याटिनो महिला हुन्।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ९ : ५० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी