दशैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ? « Khabarhub

दशैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ ।

दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेपालभर चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा बुधबार यातायात व्यवसायी र सरकारका प्रतिनिधिबीच छलफल भइसकेको छ । बैठकले अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने निष्कर्ष भने निकाल्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, यातायात व्यवसायी तथा प्रतिनिधि सहभागी बैठकमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा मन्त्री दाहालले चाडपर्वमा काठमाडौं हुँदै देशका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको टिकट छिटोभन्दा छिटो खुलाउन यातायात व्यवसायीलाई आग्रह गरे ।

यात्रुहरूलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउने दायित्व सरकारको भएको भन्दै उनले त्यसका लागि अग्रिम टिकट छिट्टै खुलाउन आग्रह गरे । तर, यातायात व्यवसायीहरूले भने सडकको अवस्था राम्रो नभएको, जोखिमयुक्त रहेको, वैज्ञानिक भाडादर कायम गर्नुपर्नेलगायतका माग सम्बोधन गर्न आग्रह गरे ।

कहिलेदेखि दशैँको अग्रिम टिकट कहिले खुलाउने भनेर बैठकमा निर्णय नभएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार सरकारसँग प्रारम्भिक रुपमा छलफल मात्र भएको हो । यातायात व्यवसायी र सरकारबीच शुक्रबार पुनः बैठक बस्दैछ । उक्त बैठकले अग्रिम टिकट खुलाउने विषयमा निर्णय गर्नेछ । असोज १५ गतेसम्म दशैँ लक्षित अग्रिम टिकट खुल्न सक्ने सिटौलाले बताए ।

दशैँका बेला काठमाडौंमा पेशा, व्यवसाय, अध्ययन गरी बसेका लाखौँ जनता आफ्नो गाउँ पुग्ने गर्दछन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ११ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको