सुपथ मूल्य पसलका कुन सामानमा कति छुट ?  « Khabarhub

सुपथ मूल्य पसलका कुन सामानमा कति छुट ? 


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । देशभरको ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएका छन् । 

व्यापार कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेका अनुसार पसल आज बिहीबार देखि पुस १० गतेसम्म सञ्चालन हुने छ । काठमाडौं उपत्यकामा भने ४ स्थान थापाथली, रामशाहथप, नख्खु र सूर्यविनायकमा सञ्चालन हुने छ । उक्त स्थानबाट अनलाईन अर्डर मार्फत होम डेलिभरीको सेवा समेत रहेको न्यौपानेले जानकारी दिइन । 

‘कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरू, जनशक्ति, आर्थिक श्रोत साधनको सिमितताका कारण सम्पूर्ण जिल्ला तथा पालिकाहरूमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु चुनौतिपूर्ण भएको छ’, ब्यापार कम्पनीले भन्यो, ‘तथापि यस कार्यक्रमलाई उद्देश्य अनुरूप सफल रूपले सञ्चालन गर्नका लागि सम्बन्धित पालिकाहरूको पनि समन्वयात्मक भूमिकाले सहज र सम्भव बनाउने छौँ ।’

सुपथ मूल्य पसल सञ्चालन गर्नको लागि सरकारबाट ३ करोड रुपैयाँ स्वीकृत भएको थियो । 

व्यापार कम्पनीको ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् ।

यस्तो छ छुट पाउने सूची 

 विभिन्न प्रकारको चामल प्रतिकेजी ५ रुपैयाँ
विभिन्न प्रकारको दाल प्रतिकेजी ५ रुपैयाँ
विभिन्न प्रकारको तेल प्रतिलिटर ७ रुपैयाँ
विभिन्न प्रकारको गेडागुडी प्रतिकेजी ७ रुपैयाँ
विभिन्न प्रकारको पिठो, मैदा प्रतिकेजी ७ रुपैयाँ
चिउरा, चिनी, क्वाँटी प्रतिकेजी ७ रुपैयाँ
कर्णालीको सिमी-गेगागुडी प्रतिकेजी ७ रुपैयाँ
फापर दाना, चिनो, कागुनो, उवा जम्ली मार्सी प्रतिकेजी ७ रुपैयाँ
जिउँदो खसी–बोका, च्याङ्ग्रा प्रतिकेजी १० रुपैयाँ
डि.डि.सी. घ्यू प्रतिकेजी १० रुपैयाँ 

खसीबोका च्याङ्ग्रा कारोबार

खरिद लक्ष्यः खसीबोका १५०० वटा, च्याङ्ग्रा ३०० वटा गरी जम्मा १८०० वटा
खरिद गरिने स्थानहरूः मकवानपुर,  तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरू
बिक्री गरिने स्थानः प्रादेशिक कार्यालय, थापाथली, काठमाडौं परिसर
बिक्री वितरण गरिने लक्षित समयः घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १२ : ४५ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत