छक्का पञ्जा-५ को ‘ब्रेकअप’ सार्वजनिक | Khabarhub Khabarhub

छक्का पञ्जा-५ को ‘ब्रेकअप’ सार्वजनिक


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ ।

गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । गीतको भिडियोमा फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा शिवाकोटी, मेक्सम गौडेल र सुरवीर पण्डित लगायतलाई देख्न सकिन्छ ।

दीपाश्रीको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय छ ।

हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयमको पटकथा लेखन छ । कथा र संवादमा केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सुपरहिट भएका थिए । पाँचौँ सिरिजमा दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सँगै रिलिज हुन लागेको छ ।

‘ज्वाइँ साब’ दीपक राज-दीपाश्रीका पुराना साझेदार जितु नेपालले निर्माण गरेका हुन् । कुनै बेलाका नजिकका सहयात्रीबीच सम्बन्धमा फाटो आउँदा फिल्म पनि भिडाउन लागिएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १ : ०३ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका