समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ : झलनाथ खनाल « Khabarhub

समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ : झलनाथ खनाल


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न समाजवादको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

जनता र राष्ट्रका समस्याहरू पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै उनले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।

देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिएकोले राष्ट्रियतामाथिको संकट देखापरेकामा चिन्ता व्यक्त गर्दै नेता खनालले भने, ‘वर्तमान संविधान जारी भएपछिका यी नौ वर्षमा आठवटा नीति तथा कार्यक्रम, नौवटा वार्षिक बजेट र दुईवटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकाङ्क्षा सम्बोधन हुन सकेको छैन । देशको पछिल्लो परिस्थितिले जनतामा निराशा सिर्जना भएकाले आगामी दिनमा सबैको सहकार्यबाट संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

पूर्वप्रधानमन्त्री खनालले संविधानका प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै संविधानलाई पश्चगमनतर्फ लैजानबाट रोक्न आग्रह गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १ : १८ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर