संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो « Khabarhub

संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर संविधान दिवस मनाइरहँदा मधेशवादी नेता राजेन्द्र महतो भने विरोध गरेर सडकमा सुतेका छन् ।

नवघोषित राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्षसमेत रहेका महतोसहितका नेता कार्यकर्ता बिहीबार काठमाडौंको माइतीघरमण्डलस्थित सडकमै सुतेका हुन् ।

उनीहरूले आन्दोलनका क्रममा संविधानको प्रति पनि जलाएका छन् । महतोसहितका केही मधेशवादी दलहरूले संविधान अधुरो र विभेदकारी रहेको भन्दै संशोधनको मुद्दा उठाइरहेका छन् ।

संविधान दिवसको विरोधमा माइतीघरमा विरोधका क्रममा उनीहरू सडकमा सुतेका हुन् । महतोले यो संविधानको विरोधमा क्रान्तिको आव्हान पनि गरेका छन् ।

उनले यसअघि राष्ट्रिय मुक्ति क्रान्तिको अह्वान भन्दै आन्दोलनमा जाने बताएका थिए । महतो र सुमन सायमीसहितले गैरन्यायिक सडक तथा खोला मापदण्डविरुद्ध आन्दोलनमा जाने बताएका थिए ।

उनीहरूले बहुलराष्ट्र राज्य स्थापनार्थसहित देशलाई सबै नेपालीको साझा बनाउन असोज ३ गते माइतीघरमण्डलमा जम्मा हुन आह्वान गरेका थिए ।

बिहीबार महतोसहित महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले पनि संविधानको विरोध गरेको छ।

मधेश प्रदेश र संघीय सरकारको सत्ता पक्षीय लोसपाले जनकपुरधाममा कालो झण्डा गाडेर विरोध जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  २ : २३ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार