सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित « Khabarhub

सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बेरूत लेबनानको हेजबुल्लाह समुहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो घातक लहरले यसलाई अव्यवस्थित बनाएको छ । 

उपकरण विस्फोटको पछिल्लो घटनामा बुधबार २० जनाको ज्यान गएको छ भने चार सय ४० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।  

हेजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकै साथ विस्फोट हुँदा लेबनानभरी दुई बालबालिकासहित १२ जनाको मृत्यु र दुई हजार ८०० जना घाइते भएको एकदिन पछि बुधबार दोस्रो लहरको विस्फोट भएको हो ।  

बेरुतस्थित हेजबुल्लाहको गढमा यसका सदस्यहरूले प्रयोग गर्ने ’वाकी–टकी’ विस्फोट भएको नजिकको एक स्रोतले जानकारी गराएको छ भने दक्षिण र पूर्वी लेबनानमा पनि यस्तै विस्फोटको घटना भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।  

एएफपिटिभीको फुटेजमा दक्षिण बेरुतमा हेजबुल्लाह लडाकुहरूको अन्त्येष्‍टि समारोहमा विस्फोट हुँदा मानिसहरूको भागाभाग भएको देखाइएको छ । 

‘वाकी टकी लक्षित विस्फोटको लहरले २० जनाको मृत्यु हुनुका साथै चार सय ५० भन्दा बढी घाइते भएका छन्’, लेबनानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । 

इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन । हारेट्ज पत्रिकाका अमोस हरेलले पेजर र वाकी–टकी विस्फोटले ‘इजरायल र हेजबुल्लाहलाई पूर्ण रुपमा युद्धको सँघारमा” पुर्याएको बताए। 

मध्यपूर्वमा तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीका वरिष्ठ कूटनीतिज्ञहरू बिहीबार पेरिसमा भेटवार्ता गर्ने  स्रोतले जनाएको छ ।  

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कायरोमा गाजा युद्धविरामको सम्भावनाबारे छलफल गरेपछि फ्रान्सको राजधानीमा आफ्ना समकक्षीसँग वार्तामा सहभागी हुनुहुनेछ ।

लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना “लेबनानको सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण“ भएको र यसले’व्यापक युद्धको सङ्केत’ दिने चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ३ : ०७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,