सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित | Khabarhub Khabarhub

सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बेरूत लेबनानको हेजबुल्लाह समुहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो घातक लहरले यसलाई अव्यवस्थित बनाएको छ । 

उपकरण विस्फोटको पछिल्लो घटनामा बुधबार २० जनाको ज्यान गएको छ भने चार सय ४० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।  

हेजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकै साथ विस्फोट हुँदा लेबनानभरी दुई बालबालिकासहित १२ जनाको मृत्यु र दुई हजार ८०० जना घाइते भएको एकदिन पछि बुधबार दोस्रो लहरको विस्फोट भएको हो ।  

बेरुतस्थित हेजबुल्लाहको गढमा यसका सदस्यहरूले प्रयोग गर्ने ’वाकी–टकी’ विस्फोट भएको नजिकको एक स्रोतले जानकारी गराएको छ भने दक्षिण र पूर्वी लेबनानमा पनि यस्तै विस्फोटको घटना भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।  

एएफपिटिभीको फुटेजमा दक्षिण बेरुतमा हेजबुल्लाह लडाकुहरूको अन्त्येष्‍टि समारोहमा विस्फोट हुँदा मानिसहरूको भागाभाग भएको देखाइएको छ । 

‘वाकी टकी लक्षित विस्फोटको लहरले २० जनाको मृत्यु हुनुका साथै चार सय ५० भन्दा बढी घाइते भएका छन्’, लेबनानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । 

इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन । हारेट्ज पत्रिकाका अमोस हरेलले पेजर र वाकी–टकी विस्फोटले ‘इजरायल र हेजबुल्लाहलाई पूर्ण रुपमा युद्धको सँघारमा” पुर्याएको बताए। 

मध्यपूर्वमा तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीका वरिष्ठ कूटनीतिज्ञहरू बिहीबार पेरिसमा भेटवार्ता गर्ने  स्रोतले जनाएको छ ।  

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कायरोमा गाजा युद्धविरामको सम्भावनाबारे छलफल गरेपछि फ्रान्सको राजधानीमा आफ्ना समकक्षीसँग वार्तामा सहभागी हुनुहुनेछ ।

लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना “लेबनानको सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण“ भएको र यसले’व्यापक युद्धको सङ्केत’ दिने चेतावनी दिएका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ३ : ०७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले