जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक  | Khabarhub Khabarhub

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक 


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ ।

 गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णताः पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो । ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ । 

बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभागहरू गठन, केन्द्रीय सचिवालय गठन, केन्द्रय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्नेछ । 

त्यस्तैगरी, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समीक्षा र यसको प्रभावकारिता, पेशागत एवं भातृ संगठनहरुको परिचालन, अनुगमन, निरीक्षण र समन्वय लगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।

जसपा नेपालको कार्यकारिणी समिति र केन्द्रीय समितिले पूर्णतः पाइसकेको छ । गत जेष्ठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेबारी दिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ४ : ०१ बजे

क्यानाडामा मन्दिर तोडफोड : हिन्दु समुदाय विरोधमा उत्रिने, भारतको पनि आपत्ति

क्यानाडा- क्यानाडामा एउटा हिन्दु मन्दिरमा आक्रमण र तोडफो भएको छ।

बार्सिलोनामा भारी वर्षाले दुई सयभन्दा बढीको मृत्यु, रेल सेवा अवरुद्ध

बार्सिलोना– पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई

देउसीभैलोबाट संकलन भएको पैसाले गाईबाच्छा संरक्षण गरिने

काठमाडौं– गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट दुई लाख ४४ हजार

तीन दिनपछि हुम्लामा हवाई उडान सुरु

 सिमकोट – हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः

आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलटले जोगाए ज्यान

नयाँदिल्ली- भारतको उत्तरप्रदेशस्थित आगरामा वायुसेनको एउटा जहाज दुर्घटनामा परेको छ