मुगुमा असोज ७ देखि सुपथ मूल्य पसल सञ्चालन हुने « Khabarhub

मुगुमा असोज ७ देखि सुपथ मूल्य पसल सञ्चालन हुने


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मुगु– नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले आज एक कार्यक्रम गर्दे चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखि  माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।

जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुका कार्यालय प्रमुख राज बहादुर राईले बताए । सुपथ मूल्य पसलमा उपभोक्ताले प्रतिकेजी ५ रुपैयाँका दरले छुट पाउने उनले जानकारी दिए । 

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनको भनाई छ । सुपथ मूल्य पसलका लागि २ हजार क्विन्टल चामल बितरण गरिने बताए । 


प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ४ : ३८ बजे

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई