संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने « Khabarhub

संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका छन् ।

संविधान दिवसका अवसरमा रास्वपाले बिहीबार काठमाडौंमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका हुन् ।

दुईतिहाइको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनले बताए । उनले अहिलेको अवस्थामा चुनाव निकै खर्चिलो हुँदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्ने धारणा राखे । पैसाको बलमा चुनाव जित्ने प्रवृत्तिले सदन पूर्ण रुपमा सक्रिय हुन नसकेको उनको भनाइ छ । 

लामिछानेले राष्ट्रियसभालाई बिद्धानहरुको सभा बनाउनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे । संविधानको सबल पक्ष समावेशी र समावेशिता भएको भन्दै उनले यसलाई कुनै हालतमा कमजोर बनाउन नहुने बताए ।

उनले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नदिएका कारण समस्या देखिएको पनि बताए  । लामिछानेले शासकीय प्रणालीमा सुधार गरेरमात्रै नहुने भन्दै दलहरू सच्चिनुपर्ने र नेता छान्ने प्रणालीका विषयमा दलहरूले सबैभन्दा पहिला आफ्नो पार्टीको विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ५ : ३४ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको