हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी « Khabarhub

हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘गाउँ आएको बाटो’को हङकङमा विशेष शो गरिने भएको छ। हङकङको केनेडी टाउनस्थित ‘गोल्डेन सिन सिनेमा’मा शुक्रबार (अक्टोबर २०) विशेष प्रदर्शन हुने भएको हो ।

निर्माता अमोद राईका अनुसार फिल्मको हङकङ प्रदर्शन अधिकार ‘गोल्डेन सिन सिनेमा’ले किनेको छ । यो कम्पनीले पहिलो पटक नेपाली सिनेमाको प्रदर्शन अधिकार किनेको हो ।

‘गोल्डेन सिन सिनेमा’ले आफ्नै हलमा फिल्म प्रदर्शन गर्न लागेको निर्माता राईले बताए । भन्छन्, ‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्म इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्र संलग्न भएर काम गरेका छन्।’

यस फिल्ममा हङकङकी हाइडी लीको संगीत छ । त्यस्तै, चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङले गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

यसअघि यो फिल्म क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, चीनको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लगायतमा प्रदर्शन गरिएको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार