हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी « Khabarhub

हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘गाउँ आएको बाटो’को हङकङमा विशेष शो गरिने भएको छ। हङकङको केनेडी टाउनस्थित ‘गोल्डेन सिन सिनेमा’मा शुक्रबार (अक्टोबर २०) विशेष प्रदर्शन हुने भएको हो ।

निर्माता अमोद राईका अनुसार फिल्मको हङकङ प्रदर्शन अधिकार ‘गोल्डेन सिन सिनेमा’ले किनेको छ । यो कम्पनीले पहिलो पटक नेपाली सिनेमाको प्रदर्शन अधिकार किनेको हो ।

‘गोल्डेन सिन सिनेमा’ले आफ्नै हलमा फिल्म प्रदर्शन गर्न लागेको निर्माता राईले बताए । भन्छन्, ‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्म इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्र संलग्न भएर काम गरेका छन्।’

यस फिल्ममा हङकङकी हाइडी लीको संगीत छ । त्यस्तै, चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङले गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ।

यसअघि यो फिल्म क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, चीनको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लगायतमा प्रदर्शन गरिएको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ७ : ५८ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको