भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय पक्राउ « Khabarhub

भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय पक्राउ


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बागमती– आलुको बोरा मुनि लुकाइछिपाइ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित दुई जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडौँ जाँदै गरेको बीआर ०५ जिडी १३४३ नम्बरको भारतीय ट्रकमा लोड गरिएको रु एक करोड ३५ लाख मूल्य बराबरको अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउपर्नेमा ट्रक चालक भारत विहार राज्य मोतिहारी जिल्ला तुकालिया पूर्वी चम्पारण सपही निवासी ३० वर्षीय जन्दार आलम र सहचालक सोही ठाउँका १९ वर्षीय मुना मियाँ रहेको प्रहरीले जनाएको छ । 

जाँचका क्रममा ट्रकमा तीन सय ४५ बोरा आलुको भन्सार बिल काटेर दुई ६४ बोरा मात्र आलु राखी त्यसको भित्री भागमा ७४ वटा बोरामा करिब एक करोड ३५ लाख मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा लोड गरेको अवैध रुपमा लैजाँदै गरेको अवस्थामा उक्त ट्रकसहित चालक र सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

बरामद भएको समान, ट्रक तथा चालक र सहचालकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : ४१ बजे

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न