फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो « Khabarhub

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७५औँ स्थानमा थियो ।

दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । त्यसैगरी दुई स्थान तल झर्दै भुटान १८४औँ स्थानमा छ भने दुई स्थान तल झरेर बंगलादेश १८६औँ स्थानमा पुगेको छ । त्यसै गरि पाकिस्तान १९७औँ स्थानमा र पाँच स्थान सुधार गर्दै श्रीलंका २००औँ स्थानमा छ । 

फिफा वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै रहेको छ । फिफा वरियताको शिर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन । जसमा दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा ईङल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा बेल्जियम, सातौंमा नेदरल्याण्डस्, आठौमा पोर्चुगल, नवौंमा कोलोम्बिया र दशौँमा इटाली रहेका छन् । 

एशियाबाट जापानले २ स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ७ : ५७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति