‘नेशनल डे कन्सर्ट’ सम्पन्न | Khabarhub Khabarhub

‘नेशनल डे कन्सर्ट’ सम्पन्न


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । आज साँझ ४ बजेदेखि सुरु कन्सर्ट करिब चार घण्टा चलेको थियो ।

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, उहाँकी पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत सहभागी भए ।

त्यसअवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर कन्सर्टमा सहभागीसँग संविधान दिवसको खुसी साटेका थिए । उनले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए ।

कन्सर्टको सुरक्षार्थ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा भएको कन्सर्ट सञ्चालनका लागि सरकारले समन्वय र सहजीकरण गरेको थियो । कन्सर्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले अर्केस्ट्रा प्रस्तुत गरेका थिए भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतले प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ९ : २४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले