नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल « Khabarhub

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल


३ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर स्वास्थ्य बीमा सुधार अभियानमा लागि परेको बताएका छन् ।

गणेशमान स्मृति दिवस तथा संविधान दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ५ (क)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई सुलभ मूल्यमा स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा सुधार अभियान चलाएको बताए ।

“स्वास्थ्यमा राज्यले धेरै ठाउँमा रकम छर्नुभन्दा एकै ठाउँमा सेवा प्रदान गर्न सकिए खर्च समेत जोगिन सक्छ”, उनले भने । स्वास्थ्य बीमालाई सुधार गरेर अगाडि बढ्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।

गणेशमान सिंहले नागरिक स्वतन्त्रताका लागि गरेको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उनको योगदानबाट सबैले पाठ सिक्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ९ : ४३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो