हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू « Khabarhub

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन प्रक्रिया अपनाउन आग्रह गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवस्थित इनार निरीक्षणपछि उनले उक्त आग्रह गरेका हुन् । उक्त इनारबाट केही समयअघि हैजा फैलिएको थियो ।

निरीक्षणपछि मन्त्री यादवले भने, “बर्खामा इनार र ट्युबवेलजस्ता खुला मुहानमा ढल मिसिँदा पानीमा दिसाजन्य किटाणुको जोखिम बढ्छ, जसले हैजा र झाडापखाला फैलिन सक्छ, त्यसैले उपभोक्ताहरुलाई शुद्ध पानी मात्र वितरण गर्नुपर्छ ।”

मन्त्री यादवले समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी उमालेर वा क्लोरिनेसन गरिएको पानी मात्र प्रयोग गर्नुपर्ने सन्देश फैलाउन पनि निर्देशन दिए । उनले आजै गोदावरी नगरपालिका-१४ मा रहेको नसारहित समाज नेपाल (सुधार केन्द्र)को इनार, गोदावरी खोलाको पानी र त्यहाँको सतह स्रोतको पानीको समेत निरीक्षण गरे ।

खानेपानी विभागअन्तर्गतको गुणस्तर सुधार तथा सेवा नियमन शाखाले मोबाइल परीक्षण भ्यान प्रयोग गरी स्थानीय स्तरमा पानीको गुणस्तर मापन गरेको थियो । पानी परीक्षणको नतिजा २४ घण्टाभित्र आउने जानकारी शाखाका प्रमुख पूर्णप्रसाद उपाध्यायले दिए ।

निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक पौडेल, ठैव खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवबिक्रम राणालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ९ : ५३ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम