बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’ « Khabarhub

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३० लाखभन्दा धेरै परिवार प्रधानमन्त्री सूर्यघर योजनाका लागि आवेदन दिएको बताएका छन् । गुजरातको गान्धीनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो जानकारी दिएका हुन् ।

कार्यक्रममा उनले यस योजनाअनुसार हालसम्म ३ लाख ७५ हजार घरमा सौर्य ऊर्जा जोडिएको समेत उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार यो योजनाअन्तर्गत घरमा जडान गरिने सौर्य पाताबाट उत्पादित ऊर्जा सोही परिवारले उपभोग गर्नेमात्रै नभइ बाँकी बचेको विद्युत् प्रसारण लाइनमा पनि आपूर्ति गरिन्छ ।

यसरी बाँकी भएको विद्युत् प्रसारण लाइनमा आपूर्ति गर्ने परिवारलाई सरकारले उल्टै पैसा समेत दिने गरेको छ । प्रधानमन्त्री मोदीका अनुसार मासिक २५० युनिट विद्युत खपत गरी १ सय युनिट विद्युत् प्रसारण लाइनमा बिक्री गर्ने परिवारले वार्षिक २५ हजार रुपैयाँ बचत गर्न सक्छन् ।

प्रधानमन्त्री मोदीका अनुसार यो योजना लागू भएको खण्डमा २० लाखभन्दा धेरै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । यो योजनाले भारतका हरेक घरलाई विद्युत् उत्पादकका रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १० : ०५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले