बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’ | Khabarhub Khabarhub

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३० लाखभन्दा धेरै परिवार प्रधानमन्त्री सूर्यघर योजनाका लागि आवेदन दिएको बताएका छन् । गुजरातको गान्धीनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो जानकारी दिएका हुन् ।

कार्यक्रममा उनले यस योजनाअनुसार हालसम्म ३ लाख ७५ हजार घरमा सौर्य ऊर्जा जोडिएको समेत उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार यो योजनाअन्तर्गत घरमा जडान गरिने सौर्य पाताबाट उत्पादित ऊर्जा सोही परिवारले उपभोग गर्नेमात्रै नभइ बाँकी बचेको विद्युत् प्रसारण लाइनमा पनि आपूर्ति गरिन्छ ।

यसरी बाँकी भएको विद्युत् प्रसारण लाइनमा आपूर्ति गर्ने परिवारलाई सरकारले उल्टै पैसा समेत दिने गरेको छ । प्रधानमन्त्री मोदीका अनुसार मासिक २५० युनिट विद्युत खपत गरी १ सय युनिट विद्युत् प्रसारण लाइनमा बिक्री गर्ने परिवारले वार्षिक २५ हजार रुपैयाँ बचत गर्न सक्छन् ।

प्रधानमन्त्री मोदीका अनुसार यो योजना लागू भएको खण्डमा २० लाखभन्दा धेरै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । यो योजनाले भारतका हरेक घरलाई विद्युत् उत्पादकका रुपमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १० : ०५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग