इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ | Khabarhub Khabarhub

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले इमान्दारिताका साथ काम गरेमात्रै संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज ख्वपः कलेज, ख्वपः माविले यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक अन्तरक्रियामा उहाँले नेताहरुले संविधान कार्यान्वयनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए ।

“नेताहरुले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि काम गर्नसके संविधानको मर्म जनताले बुझ्छन्”, बिजुक्छेँले भने । उनले संविधान कार्यान्वयनमा जातजाति, भाषाभाषी एवं भूगोलअनुसार स्थानीय निकायलाई अधिकार दिनुपर्नेमा जोड दिए ।

उनले व्यक्तित्व विकासमा समान अवसर र योग्यताअनुसारको काम एवं कामअनुसारको ज्यालाको विषय समेट्न सके मात्रै समाजवादोन्मुख समाजको निर्माण हुने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  १० : ४८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’