आज २०८१ साल कात्तिक ३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक ३ गते शनिबारको राशिफल


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ३ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर १९ तारिख। कात्तिक कृष्ण पक्षको द्वितीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह मिल्नेछ। राजनीतिक संगठनमा तपाईंको राम्रो पहुँच विस्तार हुनेछ। परोपकारमा ध्यान दिनु राम्रो हुनेछ। बाहिरको खानपानले रोग बढ्ने खतरा छ। ठुलो कामको जिम्मेवारी परिवारलाई दिन सक्नुहुनेछ।

वृष : तपाईं राज्यको सुरक्षा अंगमा भए सचेत बन्नु राम्रो हुनेछ। हातहतियार चलाउँदा ख्याल गर्नु राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा शुभग्रह रहेका छन्। शिक्षाको क्षेत्रमा लगानी गरेमा सफलता मिल्नेछ। तपाईंको आलोचना गर्ने साथी संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मिथुन : राम्रो बोल्छु भने पनि नराम्रो शब्द सार्वजनिक हुने जोखिम रहेकाले बोल्दा ख्याल गर्नुपर्ने समय छ। लगानीका क्षेत्र धेरै छन्। स्वदेशमा लगानीको विकल्प खोज्नु राम्रो हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो काम गर्न सक्नुहुन्छ। जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

कर्कट : आफ्ना साथीले असहयोग गर्ने देखिन्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : धनस्थानमा शुभग्रह रहेकाले आर्थिक लाभ हुनेछ। अग्रजको सहयोग लिएमा महत्त्वपूर्ण काम बन्नेछ। साथीसँगको संगतको खानपानले रोग बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा जोस बढ्नेछ। लगानी गरेको भए फाइदा हुने योग छ। परिवारको सथा मिल्नेछ।

कन्या : व्यापारमा तपाईंलाई फाइदा हुनेछ। धनका पछाडि लाग्दा संस्कार भुल्ने जोखिम रहेकाले सचेत बन्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। परिवारको तर्फबाट उचित सल्लाह प्राप्त हुनेछ।

तुला : परोपकार गर्ने बानीले तपाईंको समय अर्कोको लागि खर्च हुनेछ। समय दिन नसक्दा परिवारमा खटपटी बढ्नसक्छ। ठुलो कामको सुरुवात गर्नु अगाडि परिवारमा सल्लाह गर्नु राम्रो हुनेछ। छिमेकमा हुने शुभकार्यमा सहभागी बन्ने योग रहेको छ।

वृश्चिक : आज तपाईंका खराब दशा चल्दैछन्। रुखमा चढाएर फेद काट्नेको संख्या बढेकाले सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भएको लगानी सफल हुनेछ। परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ।

धनु : मन प्रशन्न रहनेछ। अदालती लफडा भइरहेको भए तपाईंको पक्षमा न्याय हुनेछ। गुरुबाट असहयोग हुनसक्छ। बोलीमा नम्रता अवश्यक देखिन्छ। राम्रो काम गर्नु अगाडि अग्रजको सल्लाह लिनु आवश्यक देखिन्छ।

मकर : अन्त्य साढेसाती दशा चल्दैछ। सञ्चित धन खर्च हुनेछ। परिवारमा मनमुटाव हुनु शनिदेवका लक्षण हुन्। बिहान पिपलको दर्शन गर्नुभएमा दिन सरल र शान्त बन्नेछ। परिवारमा सुख र शान्ति मिल्ने योग रहेको छ।

कुम्भ : शुभग्रहको बहुमत भएकाले लगानीका क्षेत्रमा राम्रो उपलब्धि हात लाग्नेछ। नियमित औषधिको सेवनले रोगबाट मुक्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले भने तपाईंलाई शंकाको घेरामा राख्नेछन्।

मीन : धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्ने दिन छ। सानो कुराले मनमा खटपटी बढ्नसक्छ। मनलाई फराकिलो बनाउनुपर्ने देखिन्छ। संकटमा परिवारको साथ प्राप्त हुँदा दिन रमाइलेसँग बित्नेछ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ५ : ०४ बजे

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि

इरान-इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित

एजेन्सी– अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त रूपमा