खुर्कोटको पुल निर्माणमा तीव्रता « Khabarhub

खुर्कोटको पुल निर्माणमा तीव्रता


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने जोडिइसेकेको छ ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछापतर्फ) बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौंसम्मको छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो ।

अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री पूर्णबहादुर तामाङले विशेष पहल गरिरहेको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले बताए ।

उक्त पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । हाल पुलको पाता विछ्याउने र लेवल मिलाउनेलगायत अन्य काम भइरहेका छन् ।

पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रुपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था छैन । एकतर्फी रुपमा भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताए ।

खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोग गरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि उक्त बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महङ्गिएको थियो ।

यसअघि बीपी राजमार्ग सञ्चालन हुनुपूर्व रामेछापको सदरमुकाम मन्थलीलगायत आसपासका क्षेत्रबाट काठमाडौं आवतजावत गर्न मन्थलीबाट चरिकोट–मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए । नेपाली सेनाका अनुसार अबको तीनदेखि पाँच दिनभित्रबाट मात्र पुलबाट सवारी अवागमन गराउन सकिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ७ : ४६ बजे

प्रतिनिधिसभा बैठक : उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन

काठमाडौं–  प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी

बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने

काठमाडौं– काठमाडौँको टोखा नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि २० लाख

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का : सुरु

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज