सिर्सिया सुक्खाबन्दरगाहबाट तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन | Khabarhub Khabarhub

सिर्सिया सुक्खाबन्दरगाहबाट तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताए ।

‘गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ’, उनले भने, ‘चालु आवको दशैँमा पनि अपेक्षाकृत आयात बढ्न सकेन । जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन ।’

कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन ग¥यो । त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन ग¥यो ।

त्यस्तै चालु आवको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन ग¥यो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ११ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले