गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो  « Khabarhub

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी गाजाको शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा परी २१ महिला सहित ३३ जनाको ज्यान गएको छ । 

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसको जानकारी गराए पनि जबालियाको सो घटनाका बारे इजरायल मौन नै छ । नेता याया सिनावरको मृत्यु पछि युद्ध विरामको झिनो आशा पलाए पनि समूहका उप नेताहरूले हमास अझ बलियो भएर प्रस्तुत हुने बताउन थालेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिलबुल्लाहले लडी रहेको लेबनानमा शान्तिको सम्भावना रहेको बताए पनि गाजामा हमाससँगको युद्ध विरामको सम्भावना कमै देखिएको छ । जर्मनीको राजधानी बर्तिनमा बेलायत, फ्रान्स र जर्मनीका नेताहरूसँगको भेट सकिए फर्कने क्रममा उनले सो कुरा बताएका हुन् । 

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको सो घटनामा ३ घरमा बसेका ८५ जना गम्भीर घाइते भएका छन् । यस कारण मर्नेको सङ्ख्या ५० सम्म पुग्न सक्ने अनुमान गरिएको छ । हमासको दाबीलाई पुष्टि गर्ने तटस्थ आधार छैन । मूल सहरबाट टाढा छुट्टिएर बसेको उत्तरी गाजामा टेलिकम्युनिकेसन र इन्टरनेट सेवा अवरुद्ध छ । त्यहाँ मृतहरूको शव व्यवस्थापन गर्न एम्बुलेन्स सेवा तैनाथ गरिएको अस्पताल भरिभराउ भएका कारण भुईँमा राखेर उपचार गराइएको समेत जनाइएको छ । सो घटना भन्दा अघि नै ३९ मारिएको अर्को एक समाचारमा जनाइएको छ ।

गत २ साता देखि ४ लाख मानिसहरू ट्र्यापमा परेका छन् । त्यहाँ खाद्यान्न र पानीको अभाव छ । राष्ट्र सङ्घको मानवीय सहयोगका कार्यालयका प्रमुख जर्जियस पेट्रोपोलियसले जाबालियमा रहेका परिवारको अवस्था निरीह रहेको जनाएका छन् । 

इजरायलले शुक्रवार सो स्थानमा उत्तरी गाजामा खानेकुरा, पानी, औषधी र बसोबासका लागि आवश्यक पर्ने सामान गरी ३० लरी मानवीय सहयोगको कुरा पठाएको कुरा जनाएका छन् । इजरायली प्रधानमन्त्री इमाली चिक्लीले केही प्रतिबन्धित स्थानमा सामान लैजान बन्देज लगाएको तथा अन्य सर्वसाधारणलाई सुरक्षित स्थान जान भनेको बताए । उनले अन्तर्राष्ट्रिय कानुन अनुसार इजरायल सही भएको दाबी समेत गरे । 

शुक्रबार नै हमासका उपनेता खालिल अल हैयाले इजरायलले प्यालेस्टाइन नछाडेसम्म बन्दी नछाड्ने बताएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १२ : २५ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६