रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन « Khabarhub

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका छन् ।

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर नाराबाजी गरेका हुन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरूदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।   

रास्वपाले आज काठमाडौंको माइतिघरमा दिउँसो १ बजे प्रदर्शन गर्न लागेको छ ।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्ने बताएको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप उनीहरूले लगाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १२ : ४५ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य