रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन | Khabarhub Khabarhub

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा प्रदर्शन


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका छन् ।

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर नाराबाजी गरेका हुन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरूदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।   

रास्वपाले आज काठमाडौंको माइतिघरमा दिउँसो १ बजे प्रदर्शन गर्न लागेको छ ।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्ने बताएको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप उनीहरूले लगाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १२ : ४५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग