प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो  « Khabarhub

प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति महमुद अब्बासलाई ब्रिक्स समिटमा सहभागिताका लागि निमन्त्रणा पठाएका छन् ।

उनले आगामी साता हुन रूसमा हुन गइरहेको ब्रिक्स समिटमा सहभागिताका लागि निमन्त्रणा प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति अब्बासलाई निमन्त्रणा पठाएका हुन् ।

राजधानी मस्कोमा इकोनोमिक फोरमको एक कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पुटिनले आफू इजरायल र प्यालेस्टाइन दुवै देशका नेताहरूको सम्पर्कमा रहेको बताए । उनले आफूले द्वि–राष्ट्र समाधानको समर्थन गर्ने पनि बताए । 

पुटिनले रूसले सधैँ इजरायल र प्यालेस्टाइन मुद्दामा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को द्वि–राष्ट्र प्रस्तावको सम्मान गरेको पनि बताए । उनले प्रस्तावले पूर्णता पाउनु पर्नेमा जोड दिए । 

‘हामीलाई विश्वास छ कि ब्रिक्स सम्मेलनका दौरान हामी यसमाथि चर्चा गर्नेछौँ,’ राष्ट्रपति पुटिनले भने, ‘मैले प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति महमुद अब्बासलाई  ब्रिक्स सम्मेलनमा आउन निम्तो पठाइसकेको छ् ।’

–बीबीसीबाट

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  २ : ४३ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय