माओवादी पार्टीहरूको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड  | Khabarhub Khabarhub

माओवादी पार्टीहरूको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाँडै टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एउटै ‘स्कुलिङ’बाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए । 

आफूहरू शान्ति–सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै उनले अब त्यो विन्दु आएको बताए । 

अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने पनि बताए । 

उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन गर्ने, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा गर्ने र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरू बनाएर अघि बढ्ने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ३ : १७ बजे

मलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछाने

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउँदा पक्राउ परेका १० जनालाई तत्काल रिहा गर्न पहिचानवादी संगठनको माग

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले दमकस्थित टावर उद्घाटन गर्दा कालोझण्डा

काठमाडौं-बिराटनगर उडान रोकिँदा यात्रुको बिजोग

काठमाडौं– तराईमा हुस्सु लागेका कारण दुई दिनदेखि काठमाडौंबाट हुने उडान

गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित युवक पक्राउ

सर्लाही – गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले

अस्पतालका एक कर्मचारी मृत फेला

सप्तरी – राजविराजस्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रहेको