माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ : विप्लव  « Khabarhub

माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ : विप्लव 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी एकताबद्ध भए ०६४ दोहोरिने बताएका छन् ।

०६४ चैतमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) झण्डै बहुमत सिटसहित पहिलो दल बनेको थियो ।  

चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै विप्लवले त्यसका लागि क्रान्तिकारीहरूको एकता आवश्यक रहेको बताए । 

सोही कार्यक्रममै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाँडै टुंगोमा  पुर्‍याउने बताएका थिए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एउटै ‘स्कुलिङ’बाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताएका थिए । 

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँ–बायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र वामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताइन् । 

यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिए । 

उनले माओवादी आन्दोलनलाई एकताबद्ध गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा सामना सांस्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ४ : ०४ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको