रौतहट एमालेका युवा नेता कुशवाहा सम्मानित « Khabarhub

रौतहट एमालेका युवा नेता कुशवाहा सम्मानित


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमालेका युवा नेता तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहा शनिबार एक समारोहका बिच सम्मानित भएका छन्।

नेपाल युवा लिग डेभलपमेन्ट सेन्टरको आयोजना लायन्स क्लब अफ चन्द्रपुर , लायन्स क्लब अफ काठमाडौं मिथिला सिटीको सहकार्यमा कटहरिया २ जमुनिया बजारमा भएको कार्यक्रममा युवा नेता तथा वडा अध्यक्ष कुष्वाहालाई सम्मानित गरिएको हो।

दोस्रो पटक वडा अध्यक्षको जिम्मेवारीमा रहेर सामाजिक हित र कल्याणका निमित निस्वार्थरूपले गरेको कामको उच्च मूल्यांकन गर्दै लायन्स क्लब चन्द्रपुरका अध्यक्ष वसीम अख्तर र नेपाल युवा लिग डेभलपमेन्ट सेन्टरका अध्यक्ष रिजवान बढईले संयुक्त रूपमा नेता कुशवाहा लाई कदरपत्र बाट सम्मानित गरेको थियो ।

कुशवाहा २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकट बाट र २०७९ को निर्वाचनमा नेकपा एमालेको टिकट बाट कटहरिया नगरपालिका ४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएदेखि नै युवा तथा जनचाहना अनुसारको विकास निर्माणको काम गर्दै आएका छन्। 

आउँदो २०८४ को स्थानीय निर्वाचनमा युवा नेता चन्दन कुशवाहा कटहरिया नगरपालिकामा मेयर पदको लागि तयारी गरिरहेको चर्चा चुलिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ६ : २७ बजे

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु