सिरहाबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार « Khabarhub

सिरहाबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिरहा – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट एक पुरुष गरी आठजनाको उद्धार गरिएको मानवसेवा आश्रमका महासचिव सुमन बर्तौलले जानकारी दिए ।

‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्दै मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । टोलीमा सहभागी आश्रमका महासचिव बर्तौलाका अनुसार सडकपेटीबाट उद्धार गरिएका व्यक्तिहरूलाई सर्लाही सेवा केन्द्रमा पठाइएको छ ।

महासचिव बर्तौलाले उद्धार टोलीले कोशी प्रदेशमा झापाबाट १२, सुनसरीबाट १२, मोरङबाट चार र उदयपुरबाट १६ गरी ४३ को उद्धार गरिएको बताए । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । यसैगरी, सप्तरीबाट दुई महिला र ११ पुरुष गरी १३ जनाको उद्धार गरिएको छ ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्नुभएको थियो । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ४२ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको