कांग्रेस र कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो : उपेन्द्र यादव « Khabarhub

कांग्रेस र कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो : उपेन्द्र यादव


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपाल महोत्तरीद्वारा आयोजित जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

कांग्रेस कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धी कुशासन, भ्रष्टाचार, विदेशी ॠण थोपार्नु मात्र रहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरु विरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए ।

जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव, केन्द्रीय सदस्य दिपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष बालकिशोर यादव सहितका वक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभूत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरु बारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : ४८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ