कांग्रेस र कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो : उपेन्द्र यादव | Khabarhub Khabarhub

कांग्रेस र कम्युनिष्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो : उपेन्द्र यादव


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपाल महोत्तरीद्वारा आयोजित जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

कांग्रेस कम्युनिस्टले ३५ वर्ष गरेको शासनको उपलब्धी कुशासन, भ्रष्टाचार, विदेशी ॠण थोपार्नु मात्र रहेको दावी गर्दै अध्यक्ष यादवले उनीहरु विरुद्ध सडक र सदन दुवै मोर्चाबाट संघर्ष गर्नुपर्ने बताए ।

जिल्ला अध्यक्ष राम प्रकाश यादवको अध्यक्षतामा बसेको बिस्तारित बैठकमा पार्टीका महासचिव रामकुमार शर्मा, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, डा. सुरेन्द्र यादव, केन्द्रीय सदस्य दिपक झा गुड्डु, मधेस प्रदेश समिति अध्यक्ष बालकिशोर यादव सहितका वक्ताहरुले पार्टीद्वारा जारी ४ महिने आधारभूत संगठन निर्माण अभियानको सन्दर्भमा जारी गतिविधिहरु बारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : ४८ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली