दृष्टिदोषको तेस्रो कारण बन्दै मधुमेह, बच्न के गर्ने ?  « Khabarhub

दृष्टिदोषको तेस्रो कारण बन्दै मधुमेह, बच्न के गर्ने ? 


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

मधुमेहले शरीरका संवेदनशील अङ्गहरु आँखा, मुटु, मिर्गौला, ब्रेनमा नराम्ररी क्षति पुर्‍याउँछ । अस्वस्थ खानपान र हाम्रो विलासी जीवनशैलीका कारण नेपाल लगायत विश्वभर नै मधुमेहका बिरामीको संख्या बढ्दो क्रममा छ । पहिले पहिले बढ्दो उमेरमा देखिने यो समस्या हिजो आज बालबालिका तथा किशोरकिशोरीमा पनि देखिन थालेको चिकित्सकहरू बताउँछन् । पछिल्लो समय सानै उमेरमा दृष्टिदोषको कारण मधुमेह बनिरहेको चिकित्सकको भनाइ छ । नेपाल आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुङ्गेलका अनुसार सुगर अहिले दृष्टि दोष गराउने तेस्रो कारण मानिएको छ ।

खबरहबसँग कुरा गर्दै डा. ढुङ्गेलले भने, ‘नेपालमा आँखाको दृष्टि गुम्ने सबैभन्दा पहिलो कारण मोतीबिन्दुलाई मानिएको छ भने दोस्रोमा चस्माको सही प्रयोग नभएर हुने गरेको छ र तेस्रो कारण सुगर रहेको छ ।’

सुगरले आँखामा कसरी असर गर्छ ?

डा. ढुङ्गेल भन्छन् ‘मधुमेहले आँखाको विभिन्न भागमा असर गर्छ । तर मुख्य गरेर रेटीना जसलाई दृष्टि पर्दा भनिन्छ । यो पर्दामा धेरै असर गर्छ । त्यस्तै आँखाको लेन्समा पनि धमिलोपना ल्याउँछ । सुरुवाती अवस्थामा यसले आँखाका साना साना नसा फुलाउँछ । यी नसा फुल्न थालेपछि पर्दामा सुजन हुन्छ र सानो सानो रगतको कोशिकाको नसा हुन्छ बिस्तारै त्यो नसाहरू फुट्छ ।

यो नसाहरू फुट्यो भने रेटिनामा रगत जम्मा हुन थाल्छ र दृष्टि विस्तारै धमिलो हुँदै जान्छ । कतिपयलाई सुगर भएको २ वर्ष ४ वर्षसम्म सामान्य भए पनि विस्तारै दृष्टि कम हुँदै जान्छ । रगतको मात्रा बढ्दै गयो र रेटिनामा सुजन हुँदै गयो भने आँखाको दृष्टि नै गुम्ने सम्भावना हुन्छ ।

उनका अनुसार आँखा अस्पतालमा ३ थरीका बिरामी आउँछन् एउटा आफूलाई सुगर छ भन्ने थाहा पाएर औषधी खाइरहेका र डाक्टरकै सल्लाहमा आँखा जँचाउन आउँछन् भने एक थरी बिरामी जसलाई सुगरले पनि आँखामा समस्या आउँछ भन्ने थाहा नै हुँदैन ।
त्यस्तै अर्को भनेको कतिपय बिरामी आँखामा समस्या भएर जँचाउन आउँछन् सुगर छ भनेर सोध्दा थाहा छैन भन्छन् । सुगर पनि चेक गर्नुपर्छ भनेर हामीले सल्लाह दिन्छौँ र चेक गर्दा सुगरको लेबल बढिरहेको पाइन्छ ।

उपचार

सुगरकै कारणले आँखामा समस्या आएको थाहा पाउने बित्तिकै सबैभन्दा पहिले त सुगरको लेबल नियन्त्रण गर्नुपर्‍यो त्यसले आँखामा हुनसक्ने समस्यालाई नियन्त्रण गर्दै जान्छ । तर कसैलाई सुगरका कारणले आँखामा समस्या गरेको छ । शरीरमा सुगरको मात्रालाई जति कण्ट्रोल गरे पनि आँखामा समस्या रही रहन्छ अथवा बढ्न पनि सक्ने उनले बताए ।

डा. ढुङ्गेलले भने, ‘यसका विभिन्न उपचार पद्धति छन् । सबैभन्दा पहिले त त्यो सुजन भएको ठाउँ अर्थात् रगत जमेको ठाउँमा लेजर अर्थात् सेकाई गरिन्छ जसले रगत जम्ने प्रक्रिया बन्द हुन्छ । अर्को तरीका यदि रगत जम्मा भएर पुरै आँखामा फैलिएको छ भने अप्रेसन गरेर रगत निकाल्नुपर्ने हुन्छ ।’ सुगर भएको मान्छेमा रगत जम्मा हुने मात्रै नभई पर्दा नै च्यातिने सम्भावना पनि धेरै हुन्छ । तर समयमा उपचार गर्‍यो भने धेरैको दृष्टि फर्काउन सकिने उनले बताए ।

समस्याबाट बच्न के गर्ने ?

अहिले सबै उमेर समूहका मानिसहरूमा सुगरको समस्या देखिन थाले पनि ४० वर्ष नाघेका व्यक्तिहरूमा यसको जोखिम धेरै हुने भएकाले ४० वर्ष माथिका मानिसले वर्षमा एक पटक अनिवार्य सुगर तथा आँखा जाँच गराउनुपर्ने उनले बताए ।

त्यस्तै गर्भवती र त्यस्तै परिवारमा कसैलाई सुगर छ भने सुगर सँगै आँखा पनि जाँच गराउने र बालबालिकाको आँखाको जाँच पनि समय समयमा गराउनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १० : ३९ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि