धादिङको खयरघारीबाट ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार « Khabarhub

धादिङको खयरघारीबाट ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

धादिङ– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० स्थित खयरघारीबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ ।

नवलपरासीबाट चामल बोकेर काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक बिहान करिब साढे ५ बजे हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनास्थलबाट तीनजनाको घाइते अवस्थामा उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । उद्धार गरिएकामा ट्रक चालक नवलपरासीका आशिष महतो, सहचालक राजु थापामगर र ट्रकका धनी सुरेश गुरुङ छन् ।

उनीहरुलाई मझिमटारस्थित बिहानी फार्मेसीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : १९ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा