धादिङको खयरघारीबाट ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार | Khabarhub Khabarhub

धादिङको खयरघारीबाट ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

धादिङ– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० स्थित खयरघारीबाट मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ ।

नवलपरासीबाट चामल बोकेर काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक बिहान करिब साढे ५ बजे हुग्दीखोला नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनास्थलबाट तीनजनाको घाइते अवस्थामा उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । उद्धार गरिएकामा ट्रक चालक नवलपरासीका आशिष महतो, सहचालक राजु थापामगर र ट्रकका धनी सुरेश गुरुङ छन् ।

उनीहरुलाई मझिमटारस्थित बिहानी फार्मेसीमा सामान्य उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : १९ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो