प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, साँझ मन्त्रिपरिषद् बैठक « Khabarhub

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, साँझ मन्त्रिपरिषद् बैठक


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा छलफल हुने भएको छ ।

मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएपछि दुई नेता भेट्न लागेका हुन् । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमै हुने छ ।

मन्त्रिपरिषद् बैठकमा ओलीले पर्फर्मेन्स कमजोर भएका मन्त्रीहरूबारे पनि केही बोल्न सक्ने बताइएको छ ।

सोमबार पनि प्रधानमन्त्री ओली र देउवाबीच लामो छलफल भएको थियो । सोमबारको छलफलमा मन्त्रिपरिषद् फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईबारे कुराकानी भएको थियो ।

बालुवाटार स्रोतका अनुसार ठ्याकै कुन विषयमा कसरी दुई नेताले छलफल गरे भन्ने कुराको जानकारी भने छैन ।

बालुवाटार स्रोतले भन्यो, ‘ठ्याकै कति घण्टा छलफल भयो र के के कुरामा कस्तो कुराकानी भयो त्यसको जानकारी दुई नेतालाई मात्र थाहा छ । तर चीन भ्रमणपछि केही मन्त्रीहरू फेरबदल गर्ने सल्लाह भएको बुझेका छौँ ।’

बालुवाटार स्रोतका अनुसार सभापति देउवा र ओलीले पनि केही कांग्रेस एमालेका मन्त्रीहरू परिवर्तन गर्न तयार छन् ।

बैठकमा आफ्ना पार्टीका नेताको धारणा बुझेर दुई नेताहरू बस्ने बताइएको छ । यता सभापति देउवाले बूढानीलकण्ठमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग मंगलबार बिहान छलफल गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ०१ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा