कांग्रेस सभापति देउवालाई भेटे भारतीय राजदूत श्रीवास्तवले « Khabarhub

कांग्रेस सभापति देउवालाई भेटे भारतीय राजदूत श्रीवास्तवले


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढेको छ।

खासगरि सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अघि बढाउने विषयमा मतभेद जारी रहेका बेला छिमेकी र शक्ति राष्ट्रका कूटनीतिज्ञ सक्रिय भएका हुन् ।

बीआरआईलाई अघि बढाउने विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच मत मिलिसकेको छैन । कांग्रेसले पूर्णतया अनुदानका रुपमा लिने भए मात्रै बीआरआईलाई अघि बढाउन सकिने बताउँदै आएको छ ।

यस्तोमा प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जानुअघि यसबारे निचोडमा पुर्‍याउने तयारीमा रहेका बेला राजनीतिक र कूटनीतिक चहलपहल बढेको हो ।

मंगलबार बिहान मात्रै नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठ पुगेर भेटेका छन् ।

सोमबार राति प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा लामो छलफल भएको थियो । उक्त छलफलमा चिनियाँ परियोजना बीआरआई, मंसिर १६ को उपनिर्वाचन र मन्त्रिपरिषद्का केही सदस्य हेरफेर गर्नेबारे संवाद भएको स्रोतले उल्लेख गरेको छ ।

सत्तारुढ दुई शीर्ष नेताबीच संवाद भएको भोलिपल्टै भारतीय राजदूतले सभापति देउवासँग बूढानीलकण्ठमा लामो संवाद गरेका हुन् । तर दुई पक्षबीच भएको संवादको विषयबारे केही खुलेको छैन ।

गत असार ३० गते चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओ‌लीलाई अहिलेसम्म भारतले भ्रमणमा बोलाएको छैन । नेपालका प्रधानमन्त्री प्रायजसो पहिलो पटक भारत भ्रमणमा जाने प्रचलन थियो ।

तर, भारतले आफ्नो इच्छाविपरीत कांग्रेस-एमाले मिलेर ओलीलाई प्रधानमन्त्री बनाएपछि अझैसम्म भ्रमणको निम्तो दिएको छैन । उता नेपाली पक्षले दिएको भ्रमणको निम्तोसमेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म स्वीकारेका छैनन् ।

त्यहीकारण नेपालले आफैं पहल गरेर चीनसँग संवाद गरेको थियो । त्यही संवादअनुसार चीनले ओलीलाई भ्रमणको निम्तो दिएको हो । ओली अहिले चीन भ्रमणलाई परिणाममुखी र उपलब्धिमुलक बनाउने कोसिससहित छलफलमा छन् ।

त्यही क्रममा उनले सोमबार कांग्रेस सभापति देउवासँग छलफल गरे । मंगलबार साँझ पनि ओली र देउवाबीच संवाद हुँदैछ । सत्तारुढ दुई दलले अहिलेसम्म प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा तय गर्न सकेका छैनन् ।

दक्षिणले हरियो झन्डा नदेखाएपछि उत्तरतिरको यात्रामा निस्किन लागेका ओली सहयात्री देउवाको विश्वाससहित चीनसँग केही सहमति गर्ने तयारीमा छन् । चीन भ्रमणअघि या पछि ओली क्याबिनेका केही सदस्य हेरफेर तयारी पनि भइरहेको सन्दर्भमा राजनीतिक संवाद तीव्र भएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : १७ बजे

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल

जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा