दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहितको अभियोगमा मुद्दा चलाइने « Khabarhub

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहितको अभियोगमा मुद्दा चलाइने


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ गरिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउने तयारी भएको छ ।

सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ ।

सीआईबी प्रवक्ता एवम् एसपी होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि प्रसाईंलाई पक्राउ गरिएको बताए ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबीसहित प्रसाईंले भक्तपुरस्थित निवासमै युट्युबरको सम्मेलन गरेका थिए ।

त्यसपछि उनले सोमबार नै फेसबुकमा एक भिडियो पनि सार्वजनिक गरेका थिए । जसमा ओलीको नाममै त्रुटि रहेको भेटिएको छ । प्रसाईंले सार्वजनिक गरेको उक्त भिडिओ भाइरल भएपछि सीआईबीको टोलीले पक्राउ गरेको हो ।

प्रसाईंलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिँदैछ । प्रसाईंसँगै फेक भिडिओ बनाउन जुटेका सबैलाई कानुनी कारबाही गरिने सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १ : ४० बजे

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,