दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहितको अभियोगमा मुद्दा चलाइने « Khabarhub

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहितको अभियोगमा मुद्दा चलाइने


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ गरिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउने तयारी भएको छ ।

सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ ।

सीआईबी प्रवक्ता एवम् एसपी होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भेटिएपछि प्रसाईंलाई पक्राउ गरिएको बताए ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबीसहित प्रसाईंले भक्तपुरस्थित निवासमै युट्युबरको सम्मेलन गरेका थिए ।

त्यसपछि उनले सोमबार नै फेसबुकमा एक भिडियो पनि सार्वजनिक गरेका थिए । जसमा ओलीको नाममै त्रुटि रहेको भेटिएको छ । प्रसाईंले सार्वजनिक गरेको उक्त भिडिओ भाइरल भएपछि सीआईबीको टोलीले पक्राउ गरेको हो ।

प्रसाईंलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिँदैछ । प्रसाईंसँगै फेक भिडिओ बनाउन जुटेका सबैलाई कानुनी कारबाही गरिने सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १ : ४० बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ