डोटी सवारी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध « Khabarhub

डोटी सवारी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

डोटी– सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ। अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेका छन् । 

शनिबार साँझ सुपप्र ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शिखर नगरपालिका–८ खुनस्थित नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु थियो भने मोटरसाइकल चालक प्रकेश बिक घाइते भएका थिए ।

 दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार साँझबाट राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट अन्यत्र जाने तथा तराईबाट भित्रिने सवारी साधन तथा सयौँ यात्रु अलपत्र परेका छन् । अलपत्र परेका यात्रुले यथाशीघ्र अवरुद्ध सडक खोल्नुपर्ने भन्दै दबाब दिइरहेका छन् । 

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप शाहले पीडित पक्षसँग सहमतिका लागि जिल्ला प्रहरी कार्यालयमा वार्ता जारी रहेको जानकारी दिए। प्रहरीले सो दुर्घटनामा संलग्न भएको आशंकामा एक बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  प्रहरी निरीक्षक शाहले बताए।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : ०३ बजे

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको