नजिकिँदै चीन-भारत : सीमामा शान्तिपछि सिधा हवाई उडानदेखि भिसा सुविधाबारे छलफल « Khabarhub

नजिकिँदै चीन-भारत : सीमामा शान्तिपछि सिधा हवाई उडानदेखि भिसा सुविधाबारे छलफल


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली-  ब्राजिलमा जारी जी-२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेश मन्त्रीहरूबीच भेटवार्त भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ्ग यीसँग भेट गरेपछि त्यसको जानकारी सामाजिक सञ्जालमा दिएका छन् ।

‘हामीबीच भारत-चीन सीमा क्षेत्रमा डिसइङ्गेजमेन्टलाई लिएर भएको प्रगतिबारे वार्ता भएको छ। साथै द्विपक्षीय सम्बन्धका आगामी कदमबारे पनि पनि कुरा भयो । यसका साथै विश्वराजनीतिक घटनाक्रमबारे पनि हामीले छलफल गरेका छौँ ।’

उता चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार एस जयशंकरसँग वाङ्ग यीले दुवै देशबीच सिधा उडान पुन:स्थापित गर्ने र भिसा सुविधा तथा एक-अर्काको देशमा आफ्ना पत्रकारलाई काम गर्ने दिने विषयमा पनि चर्चा भएको छ ।

भारतीय विदेश मन्त्रालयले हालै मात्र भारत र चीन वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीमा सैनिकको गस्तीलाई लिएर एक सम्झौतानजिक पुगेको जनाएको थियो । यसको पुष्टि चिनियाँ विदेश मन्त्रालयले पनि गरेको छ।

त्यसको केही दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङबीच रूसको कजानमा ब्रिक्स सम्मेलनका क्रममा ५ वर्षयता पहिलो पटक द्विपक्षीय वार्ता भएको थियो ।

त्यसक्रममा भारतीय विदेश मन्त्रालयले मोदी र शीबीच एलएसीबाट सैनिकलाई पछि हटाउने र सन् २०२० देखि सुरु भएको विवाद सुल्झाउनका लागि भएकव समझौताको स्वागत गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया