नजिकिँदै चीन-भारत : सीमामा शान्तिपछि सिधा हवाई उडानदेखि भिसा सुविधाबारे छलफल | Khabarhub Khabarhub

नजिकिँदै चीन-भारत : सीमामा शान्तिपछि सिधा हवाई उडानदेखि भिसा सुविधाबारे छलफल


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली-  ब्राजिलमा जारी जी-२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेश मन्त्रीहरूबीच भेटवार्त भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ्ग यीसँग भेट गरेपछि त्यसको जानकारी सामाजिक सञ्जालमा दिएका छन् ।

‘हामीबीच भारत-चीन सीमा क्षेत्रमा डिसइङ्गेजमेन्टलाई लिएर भएको प्रगतिबारे वार्ता भएको छ। साथै द्विपक्षीय सम्बन्धका आगामी कदमबारे पनि पनि कुरा भयो । यसका साथै विश्वराजनीतिक घटनाक्रमबारे पनि हामीले छलफल गरेका छौँ ।’

उता चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार एस जयशंकरसँग वाङ्ग यीले दुवै देशबीच सिधा उडान पुन:स्थापित गर्ने र भिसा सुविधा तथा एक-अर्काको देशमा आफ्ना पत्रकारलाई काम गर्ने दिने विषयमा पनि चर्चा भएको छ ।

भारतीय विदेश मन्त्रालयले हालै मात्र भारत र चीन वास्तविक नियन्त्रण रेखा अर्थात् एलएसीमा सैनिकको गस्तीलाई लिएर एक सम्झौतानजिक पुगेको जनाएको थियो । यसको पुष्टि चिनियाँ विदेश मन्त्रालयले पनि गरेको छ।

त्यसको केही दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङबीच रूसको कजानमा ब्रिक्स सम्मेलनका क्रममा ५ वर्षयता पहिलो पटक द्विपक्षीय वार्ता भएको थियो ।

त्यसक्रममा भारतीय विदेश मन्त्रालयले मोदी र शीबीच एलएसीबाट सैनिकलाई पछि हटाउने र सन् २०२० देखि सुरु भएको विवाद सुल्झाउनका लागि भएकव समझौताको स्वागत गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : ०८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग