युक्रेनमा फेरि रूसी हमला, सात जनाको मृत्यु  | Khabarhub Khabarhub

युक्रेनमा फेरि रूसी हमला, सात जनाको मृत्यु 


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सीसुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।  

सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा  आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो । सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास ध्वस्त पारेको उल्लेख गर्दै आक्रमणमा हाल सम्म एक बालकसहित सात जनाको मृत्यु भएको  जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जनाएका हुन् । 

उनले घटनास्थलबाट पोस्ट गरेको भिडियोमा उद्धारकर्मीहरूले भग्नावशेषको छानविन गदै गरेको तथा आक्रमणमा मृत्यु भएकाहरूलाई  निकालिरहेको देखाइएको थियो। उनले आक्रमणमा दुई बालकसहित दश जनाभन्दा बढी घाइते भएको र अझै पनि भग्नावशेषमुनि मानिसहरू फसेका हुन सक्ने बताएका छन्  ।   

सुमीमा रूसी क्षेप्यास्त्र हमलाबाट एक बालकसहित आठ जनाको मृत्यु भएको दुई दिनपछि यो आक्रमण भएको हो । रूसको निरन्तरको आक्रमणले सिमा नजिकैका सम्पूर्ण जिल्लाहरूलाई अति प्रभावित बनाउनुका साथै युक्रेनमा ऊर्जा सुविधाहरू ध्वस्त पारेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : ४० बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ