उपनिर्वाचन : ९ संस्थालाई पर्यवेक्षण गर्न अनुमति | Khabarhub Khabarhub

उपनिर्वाचन : ९ संस्थालाई पर्यवेक्षण गर्न अनुमति


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ ।

आयोगले यसका लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म आवेदन मागेको थियो । आयोगले तोकिएको अवधिभित्र निवेदन दिने ९ वटा संस्थाहरूलाई स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९७ बमोजिम स्थानीय तह उपनिर्वाचन, २०८१ को पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।

अनुमति प्राप्‍त संस्थाहरूबाट खटाइने स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९६ बमोजिम योग्यता पुगेका पर्यवेक्षकहरूको सङ्ख्या यकिन गरी सबै स्थानीय तहको पर्यवेक्षण हुने र एक मतदान केन्द्रमा एक संस्थाबाट बढीमा २ जनासम्म पर्यवेक्षक रहने गरी राष्ट्रिय पर्यवेक्षक परिचयपत्र उपलब्ध गराइने आयोगले जानकारी दिएको छ । 

पर्यवेक्षण गर्न अनुमति प्राप्त संस्थाहरूमा नेपाल जन प्रशासन सङ्घ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार संगठन, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासङ्घ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : ४५ बजे

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

काठमाडौं- मंगलबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ

उपनिर्वाचन : आयोगले शुरु गर्‍यो कल सेन्टर

काठमाडौं – निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको

कांग्रेसले सांसद बजगाईंलाई सोध्यो स्पष्टीकरण

काठमाडौं– नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ ।

लेबनानमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु

एजेन्सी– इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना

विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

काठमाडौं– जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६