५१ अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी  | Khabarhub Khabarhub

५१ अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी 


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अंकले घटेको छ । आज नेप्से १.८५ प्रतिशतले घटेर २७०२.६५ विन्दुमा पुगेको छ ।

आज नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ बारबारको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर कारोबार भएको छ ।

आज २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१० वटा कम्पनी १ लाख ५ हजार ८२७ पटक किनबेच भएको छ ।

आज १३ समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल तथा पर्यटन ३.१७ प्रतिशतले घटेर ६ हजार ८४७.५० विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१५ प्रतिशतले घटेर २१.८७ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.११ प्रतिशतले, विकास बैंक २.२९ प्रतिशतले, फाइनान्स २.३१ प्रतिशतले, हाइड्रोपावर ३.०७ प्रतिशतले, लगानी २.०८ प्रतिशतले, जीवन बीमा १.९४ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.४८ प्रतिशतले, लघुवित्त १.५० प्रतिशतले, निर्जीवन बीमा १.६९ प्रतिशतले, अन्य समूह १.५८ प्रतिशतले र ट्रेडिङ समूह २.२१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ३ : १८ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ